२०७३ भाद्र २४ गते

यी हुन सय भन्दा बढि शाखा खोल्ने चार अब्बल बैंकहरु

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय साक्षरताको पहुँच गाउँसम्म पुर्याउने उद्देश्य अनुरुप विभिन्न संघ, संस्थाहरुले चलाएका वित्तीय साक्षारता सम्बन्धी  अभियानस्वरुप दुर्गम गाउँका सर्वसाधारणहरु बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गर्न थालेका छन् । यसका आधारमा यो स्पष्ट हुन्छ, कि नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको क्षेत्र फराकिलो बन्दै गइरहेको छ । यहि सेनारीओमा सरकारी तथा राष्ट्रिय स्तरका वाणिज्य बैंकहरु बैंकीङ सुविधा गाउँ गाउँमा पुर्याउने उद्देश्य अनुरुप आफ्नो बैंकको नयाँ शाखा विस्तारको होडबाजीमा छन् ।

राष्ट्र बैंकले ल्याएको वाणिज्य बैंकको पुँजी वृद्धि निती पालनाको क्रमले राष्ट्रिय स्तरका बैंक संख्या घट्छ भन्ने वित्तीय विश्लेषकहरुको विश्लेषणले सार्थकता पाउन सकेन । अझ यसको सट्टामा बैंक अरु बैंकसँग मर्जर गर्नमा भन्दा आफ्नो बैंकको शाखा विस्तारमा नै लागिपरेको तलको तथ्याङकले देखाएको छ ।

कुन बैंकका शाखा कति ?

कृषि विकास बैंक 

krishi-Dev-Bank


राष्ट्रिय स्तरको बैंक कृषि विकास बैंकले हालसम्म शहर देखि गाउँसम्ममा गरि जम्मा १९१ वटा बैंकिङ र २४८ ओटा नन बैंकिङ शाखाहरुको स्थापना गरेर सामान्य कृषकहरुको जीवनस्तर उकास्नमा र बैंकिङ सेवा प्रदान गर्नमा सफल भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक 
RBB-BANK

राष्ट्रिय वाणिज्य बैंकले हालसम्ममा ६७ जिल्लामा बसोबास गर्ने सर्वसाधारण माझ बैंकिङ सेवा पुर्याउँदै आएको छ । सरकारी स्वामित्वमा रहेर बैंकिङ कारोबार संचालन गरिरहेको यस बैंकको हालसम्ममा भ्याली भित्र र बाहिर गरि जम्मा १६९ वटा बैंकिङ शाखा सञ्चालनमा रहेका छन् ।

नेपाल बैंक लिमिटेड 

nepal bank


नेपालको प्रथम बैंक नेपाल बैंक लिमिटेडले हाल सम्ममा उपत्यका भित्र र वाहिर गरी आफ्नो बैंकको १२५ वटा शाखास्थापनागरेकोछ,भनेथप ५ वटा शाखा स्थापनाको पाइपलाइनमा रहेका छन् ।

प्रभु बैंक 

prabhu bank


प्रभु बैंक राष्ट्रिय स्तरका ठुला कमर्सियल बैंकहरु मध्येको सबैभन्दा बढि शाखा विस्तार गर्न सफल बैंक हो । किष्ट बैंक, ग्राण्ड बैंक, प्रभु विकास बैंक, देभ बैंक र जेनिथ फइनान्ससँगको मर्जर तथा एक्युजिसन पश्चात यस बैंकले हालसम्म १३७ वटा शाखा संचालनमा ल्याएको छ।