२०७३ भाद्र २२ गते

बैंकको सुन विक्न थालेपछि महँगियो सुन : ५९ हजार एक सयमा कारोबार

goldनेपाली बजारमा सुन तोलामा ६ सय रुपैयाँका दरले बढेको छ । केही महिनादेखि नबिकेको बैंकहरुसँग रहेको सुन धमाधम बिक्न थालेपछि सुन महँगिन थालेको हो । केही समयदेखि बजारमा अवैधानिक तवरले सुन भित्रिने क्रम बढेपछि बैंकमा सुन थुप्रिएको थियो । अवैधानिक सुन सस्तोमा किनेर सस्तोमा बेच्दा व्यापार बढि हुने लोभमा सुन व्यापारीहरुले पनि बैंकबाट सुन लिन छाडेका थिए । पछिल्लो समय भने अवैधानिक सुन आयातमा कडाइ गर्न थालेपछि बैंकको सुन बिक्रि हुन थालेका छन् भने केही समयदेखि स्थिरजस्तै रहेको सुनको भाउमा पनि घटबढ हुन थालेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ५९ हजार १ सय रुपैयाँका दरले कारोबाचर भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ८ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल प्रति तोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार २ सय ५० रुपैयाँका दरले कारोबार भइरहेकधो थियो । 

यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलमा आठ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।