January 9th, 2022

चीनमा गरिएको लकडाउनले मेमोरी चिप उत्पादनमा बाधा पुग्न सक्ने चेतावनी

बेइजिङ । विश्वका दुई ठूला मेमोरी चिप निर्माताहरू सामसुङ र माइक्रोन टेक्नोलोजीले चिनियाँ सहर सियानमा गरिएको कडा लकडाउन र प्रतिबन्धात्मक नियमहरुको कारण मेमोरी चिप उत्पादनमा बाधा पुग्नसक्ने चेतावनी दिएका छन्।

सहरको लकडाउनले विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा थप दबाब दिएको र दुई वर्ष लामो महामारीको बीचमा अर्धचालकलगायत कच्चा पदार्थको मूल्य बढेको छ। यसमा थप लकडाउन गरिँदा निर्यातकर्ताहरूको लागि उच्च भाडा लागत लाग्ने र समस्या सिर्जना हुनसक्ने बताइएको छ।

चिनियाँ लकडाउनले डाटा केन्द्रहरूमा व्यापक रूपमा प्रयोग हुने मेमोरी चिपहरूको आपूर्तिमा ढिलाइ हुन सक्ने माइक्रोनले बुधबार जनाएको हो। कडा प्रतिबन्धहरू, जुन यस महिनाको सुरुमा लागु भएको थियो, जसले गर्दा उत्पादन साइटमा कर्मचारीको संख्यामा कमी हुनुका साथै उत्पानदको स्तरमा पनि गिरावट आएको माइक्रोनले जनाएको छ।

सामसुङ इलेक्ट्रोनिक्सले बुधबार डाटा केन्द्र, स्मार्टफोन र अन्य टेक ग्याजेटहरूमा डाटा भण्डारणको लागि प्रयोग हुने एनएएनडी फ्ल्यास मेमोरी चिपहरूको लागि आफ्नो सियान निर्माण सुविधाहरूमा अस्थायी रूपमा सञ्चालनहरू समायोजन गर्नेछ। सामसुङको सियान सेमीकन्डक्टर सुविधा हाल सामान्य रूपमा सञ्चालन भइरहेको छ।

चिनियाँ मिडिया समूह यीकाइले गत बिहीबार रिपोर्ट गरेको छ। विश्लेषण प्रदायक ट्रेन्डफोर्सले पनि सामसुङको सियान प्लान्टले अहिलेको लागि महत्त्वपूर्ण अवरोध बिना उत्पादन गरिरहेको र कच्चा पदार्थको आपूर्ति पर्याप्त देखिन्छ, तर महामारी नियन्त्रण नगरिए उत्पादनमा गिरावट आउन सक्ने बताएको छ।

चीनमो कोरोना महामारी तीव्र बन्दै गएपछि चिनियाँ सरकारले लकडाउनसहितका प्रतिबन्धात्मक नियमहरु लागु गरेको हो। जसले गर्दा चिनियाँ जीवन फेरि कष्टकर बन्दै गएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]