२०७३ भाद्र २१ गते

नेपालमै पहिलोपटक आयोजना हुँदै ‘एपिएबिआई सम्मेलन’

apabiनेपालमा पहिलो पटक एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट (एपिएबिआइ) सम्मेलन हुने भएको छ । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो । 

सन् १९८६ मा स्थापित संगठन एपिएबिआइ एसिया प्रशान्त क्षेत्रका ३० भन्दा वढि मुलुकको शिर्ष संगठन हो । संगठनको सन् २०१६ र १७ दुई बर्षे कार्यकालको अध्यक्षता अहिले नेपालको एनबिआइले गरिरहेको छ । अध्यक्षताको हैसियतमा एनबिआइले असोज ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनको बिषय ’बेस्ट प्र्या्क्टिसेज इन बैंकिङ एन्ड फाइनान्सियल इन्डस्ट्रिज ट्यालेन्ट डेभलपमेन्ट इन एसिया प्यासिफिक’ रहेको छ । सम्मेलनमा सदस्य राष्ट्र र अन्य राष्ट्रका बैंकिङ प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख कार्यकारी र विज्ञहरुको उपस्थिति हुने छ । नेपाली बैंक तथा वित्तीय संस्थाका व्यवस्थापन तहमा कार्यरत कर्मचारी पनि उपस्थित हुने छन् । सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले गर्ने बताइएको छ ।