Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

एलन मस्कद्वारा यस वर्ष ११ अर्ब डलर कर तिर्ने घोषणा

२०७८ पुष ६ गते

बैंकिङ खबर।

अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन्। कर नतिरेकाे भन्दै सामाजिक सञ्जालमा आलाेचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन्।

टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाइ आएको थियो। उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए।

यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नपर्ने धारणा राखेकी थिइन्।

कर नतिरेको र कोभिडलाई हल्का रुपमा लिएको भन्दै अर्बपति मस्कले याे वर्षभर नै आलाेचना खेपेका छन्। म्यागेजिनको छनौट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ। ‘टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो ,’ लेखक कुर्ट इचिनवाल्डले भने।एजेन्सी