२०७३ भाद्र १९ गते

चुक्ता पुँजी पुर्याउने होडमा सिभिल बैंक, किन्यो हामा मर्चेन्ट 

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । सिभिल बैंकले हामा मर्चेन्टलाई खरिद गर्ने समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । प्राप्तीपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

 

pic

 

यसअघि सिभिल बैंकले २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र २३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरिसकेको छ । चुक्ता पुँजी २२ करोड रुपैयाँ रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिद पछी सिभिल बैंकको चुक्ता पुँजी  ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।

यो प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । t-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । साथै २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन  बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।