बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी (एनसीएचएल–आइपीएस) प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सानिमा बैंकसंग पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएस सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सानिमा बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल–आइपीएस प्रणाली उपलब्ध गराउने छ । यस सम्झौतासँगै सम्पूर्ण २८ वटा ‘क’ वर्गका वाणिज्य बैंकहरु अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसमा आवद्ध भएका छन् ।
एनसीएचएल–आइपीएस प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने डाइरेक्ट क्रेडिट र लिने डाइरेक्ट डेविटजस्ता कारोबारहरु पूर्णरुपमा संचालन गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २०७३ भदौ १ गतेदेखि उक्त प्रणाली संचालनमा ल्याएकोमा हालसम्म ग्राहकको रकम स्थानान्तरण, टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु लागु गरी सकेकोमा अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु चरणवद्घ रुपमा लागु गर्ने योजना लिएको छ । यो सेवा ग्राहकले सदस्य बैंक वित्तीय संस्थाहरु माफ्र्mत प्राप्त गर्न सक्नेछन् ।
एनसीएचएल–आइपीएस प्रणालीका लागि कम्पनीले ६० बैंक तथा वित्तीय संस्थाहरुसंग सिघै सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरी प्रणाली संचालनमा रहेको छ र आजको यस सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी एनसीएचएल–आइपीएस प्रणालीमा ६४ सदस्यहरु आवद्ध भएकाछन । आगामी दिनहरुमा अन्य बैंक वित्तीय संस्थाहरु तथा अन्य संस्थाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराएर यस प्रणालीको संजाल निरन्तर रुपमा बढाउदै लग्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।