नेपाल बंगलादेश बैंकले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको शुक्रबार साँझ बसेको बैठकले ३२ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि १.७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । बैकले बोनस शेयर बितरण पछि हुन आउने पूँजीमा गत बर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद शेयर जारी गरिने समेत जानकारी गराएको छ ।
तीन अर्ब ३ करोड चुक्ता पूँजी रहेको बैंकको ३२ प्रतिशत बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुग्ने छ भने त्यसको ८० प्रतिशत हकप्रद जारी गर्दा चुक्ता पूँजी ७ अर्ब १८ करोड नाघ्ने छ । राष्ट्र बैंकले तोकेको न्युनतम चूक्ता पूँजी ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको खुद नाफाबाट सजिलै सक्ने छ ।
मुख्य
चुक्ता पुँजी आठ अर्ब पुर्याउने होडमा एनबी बैंक : ३२ प्रतिशत बोनसपछि ८० प्रतिशत हकप्रद
२०७३ भाद्र १८ गते
