September 3rd, 2016

कृषिमा वित्तीय लगानी पौने ७९ अर्ब पुग्यो, पशुपालनमा सबैभन्दा धेरै

agricultureगत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कृषिमा लगानी उल्लेख्य रुपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०७२/७३ मा कृषि क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष २०७१/७२ को तुलनामा  करिब २१ प्रतिशत बढी लगानी गरेका हुन् । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ६५ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका थिए ।

समग्र कृषि क्षेत्रमा वित्तीय लगानी बढे पनि त्यसअन्तर्गतकै चियामा भने लगानी एक दशमलब सात प्रतिशतले घटेको छ । चियामा अघिल्लो वर्षसम्म तीन खर्ब ४७ करोड रुपैयाँ रहेको बैंक तथा वित्तीय क्षेत्रको लगानी गएको वर्ष पाँच करोड रुपैयाँले घटेर तीन अर्ब ४२ करोडमा सीमित भएको छ । वन, माछापालन र मासुमा अघिल्लो वर्षसम्म घटेको लगानी गएको वर्ष वृद्धि भएको छ । अघिल्लो वर्ष त्यसअघिको वर्षमा भन्दा ६९.४ प्रतिशतले लगानी घटेर एक अर्ब ७६ करोडमा सीमित भएको थियो । तर, गएको वर्ष अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले लगानी वृद्धि भएर दुई अर्बभन्दा माथि पुगेको छ ।

वित्तीय संस्थाहरूले कृषिका अन्य व्यवसायमा भन्दा पशुपालन व्यवसायमा लगानी बढाउँदै गएका छन् । कृषिक्षेत्रअन्तर्गत पशुपालन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी सबैभन्दा बढी रहेको छ । अघिल्लो वर्ष २० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेका वित्तीय संस्थाहरूले गएको वर्षको अन्त्यसम्म आइपुग्दा ३८.७ प्रतिशतले बढाएर लगानी वृद्धि गरेर २८ अर्ब ७६ करोड रुपैयाँ पुर्याएका छन् । त्यस्तै,  कृषि फार्मिङरसेवातर्फ पनि बैंक तथा वित्तीय क्षेत्रको लगानी ७ अर्ब ९९ करोडबाट २९.४ प्रतिशत बढेर १० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 

सो अवधिमा भएको लगानीमध्ये कृषि सेवा तथा कृषिकै अन्यमा ९.८ प्रतिशत लगानी वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष यस क्षेत्रमा वित्तीय क्षेत्रको लगानी ३१ अर्ब १८ करोड रहेकोमा गएको वर्षमा सो लगानी बढेर ३४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]