बैंकिङ खबर । फेसबुकमा स्टाटर्स लेख्दा वा फेसबुकमै गलत म्यासेजका कारण साइबर क्राइमको मुद्धा लगाउने सरकारले काठमाडौं प्रेस डटकमको न्यूज ह्याक गर्ने इसेवाका अस्गर अलिलाई भने कार्बाहीको दायरामा ल्याउन सकेन । उनी प्रधानमन्त्रीका आइटी सल्लाहकार हुन् । उनको आइटी कम्पनी सिरानले गत साता काठमाडौंप्रेस डटकमको स्वास्थ्य उपकरण खरीद प्रकृयामा भ्रष्ट्राचार गरिएको समाचार प्रकाशित गरेपछि आइटी डेभलपर सिरानले ह्याक गरेर समाचार नै डिलिट गरेको थियो । यसका मुख्य योजनाकार र कम्पनीका मालीक इसेवा संचालक अस्गर अली थिए । सिरान र इसेवा भगिनि कम्पनी हुन् । कम्तिमा यसबारेमा आबश्यक अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गर्नु सरकारको दायित्व हो ।