२०७६ चैत्र २४ गते

मौद्रिक नीती र यसका उपकरणले अर्थव्यवस्थामा पारेको प्रभाव

सुशील भट्टराई-

बिषय प्रवेश :
मुल्य तथा शोधनान्तर स्थिर कायम गर्दै समग्र वित्तीय प्रणीलीको विकास र स्थायित्व कायम गर्नका लागी केन्द्रिय बैंकले जारी गर्ने निती मौद्रिक निती हो । यसले अर्थ व्यवस्थाको सकारात्मक पक्ष तर्फ डोराउनका लागी मार्गचित्रण गर्दछ । उपलब्ध वितिय स्रोत साधनको उचित परिचालन मार्फत आर्थिक वृद्घिमा योगदान पुर्याउन, मुद्रा प्रदाय, विनिमदर, कर्जा प्रवाह, व्याजदर, मुद्रास्फीती सम्वन्धमा अपनाउने समष्टिगत निती नै मौद्रिक निती हो । अर्थतन्त्र विकासमा आर्थिक तथा वित्तीय स्थायीत्व कायम गर्नु ,विदेशी विनिमयदरमा स्थायित्व कायम गर्नु, वचत तथा लगानी विचमा सन्तुलन कायम गर्नु र वित्तिय नितीको उद्देश्य प्राप्त गर्नका लागी मार्गदशर्न गर्नु मौद्रिक नितीको उद्देश्य हो ,

सामान्यतय : मौद्रिक निती दुई प्रकारको हुन्छ, संङकुचनकारी र विस्तारकारी मौद्रिक निती, देशको अर्थव्यवस्था विधमान अवस्था, वित्तीय नितीको प्रमुख उद्देश्यको आधारमा कुन प्रकारको मौद्रिक निती अवलम्वन गर्ने भन्ने तथ्यको निरकोल गर्दछ । यदि बजारमा मुद्रास्फीतीको अवस्था छ भने केन्द्रिय बैंकले बैैंक तथा वित्तीय संस्थाहरुमा कर्जा लगानी क्षमतामा अङकुश लगाएर मुद्राको आपुर्तिमा संकुचन ल्याउँछ र बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याजदर वृद्घि गरेर मुद्राको आपुर्ती नियन्त्रण गर्दछ, यसप्रकारको मौद्रिक नीती सङचकारी मौद्रिक निती हो, देशमा ब्याप्त उच्च बेरोजगारी , युद्घ, आर्थिक मन्दी तथा अन्य बिषम परिस्थीती हटाउनका लागी केन्द्रिय बैंकले विस्तारकारी मौद्रिक नितीको अवलम्बन गर्दछ, यस नीतीमा केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी गर्नका प्रोत्साहीत गर्दछ, सोही अनुरुपमा कर्जा व्याजदरमा कमी आई व्यवसायी तथा उधोगपतिले कर्जाको सिमा बिस्तार गरेर व्यवसायको सञ्चालन गर्दछ, जसको फलस्वरुपमा रोजगारीको सिर्जना हुन्छ , व्यक्तीको जिवनस्तरमा सुधार आई व्यक्तीले आफ्ना व्यक्तीगत आवश्यकताहरु जस्तै घर, गाडी, घरायसी सामग्री खरिद गर्नका लागी कर्जा लिन्छ, यसले आर्थिक वृद्घिलाई प्रसय दिन्छ, यस प्रकारको मौद्रिक निती विस्तारकारी मौद्रिक निती हो । सन् १९३० को मन्दीको समयमा विश्वका अधिकांश मुलुकले विस्ताकारी मौद्रिक निती अवलम्वन गरेको जगजायर नै छ,

अर्थव्यवस्था र यस उपकरणको प्रभाव
अनिवार्य नगत अनुपात, स्थायी तरलता सुविधा, खुल्ला बजार कारोवार, बैकदर, पुन कर्जा, निक्षेप संङ्कलन जस्ता मौद्रिक उपकरणको माध्यमबाट अर्थव्यवस्थामा यसको प्रभावको आकलन गर्न सकिन्छ, जसलाई निम्न बमोजिम प्रस्तुत गर्न सकिन्छ ।

अनिवार्य नगद अनुपात : यदि अर्थतन्त्रमा मुद्रास्फीतीको अवस्था विधमान भएमा केन्द्रिय बैंकले तरलताको प्रशोचन गर्नका लागी अनिवार्य नगत अनुपातमा वृद्घि गरि मुद्राको आपुर्तिमा नियन्त्रण गर्दछ, त्यसैगरि बजार मन्दी भएको अवस्थामा अनिवार्य नगद अनुपात कम गरि बजारमा तरलता पठाई अर्थतन्त्र सन्तुलन कायम गर्दछ ।

स्थायी तरलता सुविधा : केन्द्रिय बैंकले बैक तथा वित्तीय संस्थालाई निश्चित अवधिका लागी स्थायी तरलता सुविधा प्रदान गर्दछ, बजारमा अवस्था अनुसार केन्द्रिय बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधा परिवर्तन गर्दछ यदि बजारमा मन्दीको अवस्था विधमान भएमा स्थायी तरलता सुविधा वृद्घि गरी बैंक तथा वित्तीय संस्थालाई लगानी गर्नका लागी .वातावरण सिर्जना गरिदिन्छ ।

बैकदर : साखको नियन्त्रणको परम्परागत उपकरण बैंकदर हो । सन् १९३० को मन्दी भन्दा अघिको समयमा बैकदरलाई मौद्रिक नितीको महत्वपुर्ण उपकरणको रुपमा प्रयोग गरिएको थिएन, केन्द्रिय बैंकले बैंकदर घटाएमा बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय बंैकबाट लिने कर्जाको लागत घट्न जान्छ, जसको परिमाण स्वरुपमा कर्जाको माग बढछ, यसले गर्दा उनीहरुले कम व्याजदरमा कर्जा प्रवाह बढ्न गई व्यावसायीक गतिवीधी वृद्घि एवम मुल्य स्तरमा कमी आउँदछ, भने बंैकदरमा वृद्घि भएमा कर्जाको लागत बढेर कर्जा प्रवाह ह्रास आउन थाल्दछ यसले व्यावसायिक गतिविधी सङकुचित हुन्छ र मुल्य स्तरमा वृद्घि हुन्छ

अन्त्यमा, आर्थिक क्रियाकलापको विधमान अवस्था तथा मुल्यवृद्घिको चापले आन्तरिक आपुर्ति व्यवस्था थप सुढृद गर्ने, क्षेत्रगत रुपमा कर्जा प्रवाहलाई प्रोत्साहीत गदै बैंकिङ क्षेत्रमा तरलताको प्रभावकारी व्यवस्थापन गरी, निर्यात प्रवद्र्घन तथा आयात व्यवस्थापन , उधमशीलताको विकास र रोजगारी सिजर्नाका क्षेत्रमा वित्तीय साधन परिचालन गरि गैरमौद्रिक तथा आपुर्तिजन्य कारणले हुने मुद्रा स्फीतीलाई वाञ्छित सिमाभित्र राखी शोधान्तर बचत तथा वित्तीय स्थायी हासील गरि वित्तीय साधन उपलब्ध बढाउन भुक्तानी प्रणालीलाई सुरक्षित, स्वस्थ र विश्वसनीय बनाई वित्तीय क्षेत्रमा सुशासन कायम गर्नु मौद्रिक नीतीको ध्येय हो ।