नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक संस्थालाई नयाँ मापदण्ड अघि सारेको छ । केन्द्रीय बैंकले संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा स्वामित्व हुने ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पूँजी लगानी गर्दा सो को विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने मापदण्ड ल्याएको छ । संस्थाको वास्तविक धनी वा हिताधिकारीको वित्तीय विवररणको आयस्रोत पनि खुलाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति मनोनयन गर्दा, पाँच प्रतिशत वा पच्चिस लाख रुपैयाँभन्दा बढीको शेयर वा पूँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदाको विवरण समेत राष्ट्र बैंकमा पेश गर्न भनेको छ ।
केन्द्रीय बैंकको विवरण यस्तो छ ।


