September 14th, 2018

यसरी भयो बीमा समितिको स्थापना, यस्तो छ सञ्चालक समितिको संरचना

बैंकिङ खबर । वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि नेपालमा दुई नेपाली र अन्य केही भारतिय बीमा कम्पनीका शाखाहरुले बीमा व्यवसाय सञ्चालन गर्ने भएपछि समग्र बीमा क्षेत्रलाई व्यवस्थित गर्नका लागि बीमा ऐन ,२०२५ जारी गरियो । उक्त ऐन लागु गर्दा बीमा क्षेत्रलाई नियमन गर्नका लागि तत्कालीन श्री ५ को सरकार, अर्थ मन्त्रालय अन्तर्गत बीमा समितिको स्थापना गरियो । अर्थ मन्त्रालय अन्तर्गत सीमित अधिकारसहित यसले करिब साढे दुई दशक काम गर्यो ।

सरकारले सन् १९८० को दशकमा सुरु गरेको आर्थिक उदारीकरणसंग निजी क्षेत्रका बीमा कम्पनीहरुको स्थापना हुन थाल्यो । वि.सं. २०४४ सालमा निजी क्षेत्रको पहिलो बीमा कम्पनीको रुपमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरन्स कम्पनी लि. (हालको नेशनल लाइफ एण्ड जनरल इन्स्योरन्स कं. लि. र एन एल जी इन्स्योरन्स कं. ली.) स्थापना भयो । सरकारले निजी क्षेत्रले बीमा कम्पनी स्थापना गर्न सक्ने सहज वातावरण निर्माण गरे पश्चात बीमा कम्पनीहरुलाई सही ढङ्गले नियमन गर्न र बीमा सम्बन्धी कानुन लागू गर्नका लागि एउटा सशक्त निकायको आवश्यकता महशुस गरि बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ जारी गर्यो । सो ऐनले बीमा समितिलाई बीमा क्षेत्रलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न अधिकार प्रदान गर्याे । समितिको सञ्चालक समितिको संरचना यस प्रकार रहेको छ । 

क) नेपाल सरकारको नियुक्त गरेको वा तोकेका व्यक्ति : अध्यक्ष

ख) प्रतिनिधि, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय : सदस्य

ग) प्रतिनिधि, अर्थ मन्त्रालयः सदस्य

घ) बीमा व्यवसायमा बिशेष ज्ञान भएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनित गरेको एकजना व्यक्ति : सदस्य

ङ) बीमितहरुमध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्ति : सदस्य


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]