Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तहरुले पनि विदेशी मुद्रामा ऋण लिन पाउने

२०७५ असार २७ गते

बैंकिङ खबर । लघुवित्तहरु पनि अब विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले  आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिने बताएको छ । यसअघि, वाणिज्य बैंक , विकास बैंक र वित्त कम्पनीलाई मात्रै यस्तो सुविधा दिइएको थियो ।

लघुवित्त वित्तीय संस्थाहरुलाई साधन परिचालन र साधनको लागत व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यस व्यवस्थाबाट लघुवित्तहरुलाई वित्तीय साधन परिचालन र लागत व्यवस्थापनमा सहयोग पुग्ने विश्वास केन्द्रीय बैंकको छ ।

Ad