April 19th, 2018

बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै क्लीकमा !

ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम (www.financialnotices.com) सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो ।

नेपाल भरिका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, बीमा कम्पनी र सहकारी संस्थाहरुको सम्पूर्ण सूचना तथा जानकारीहरु, शेयर सम्बन्धी सूचना, रोजगारी सम्बन्धी सूचना, ब्याजदर, कर्जा भुक्तानी, वित्तीय विवरण, इ–बैंकिङ्ग सेवा÷सुविधा, विलय सूचना, बैंकिङ्ग समय, बोलपत्र आह्वानको सूचना जस्ता सम्पूर्ण सूचनाहरु समावेश गरिएको अनलाईनका सञ्चालक प्रकाश अर्यालले जानकारी दिए । प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय, एटीएम रहेको ठाउँ, शाखा रहित बैंकिङ संस्था तथा बीमकहरुको जानकारी पाउन पनि फाइनेन्सियलनोटिसेस् डट कम उपयोगी हुने उनले जानकारी दिए ।

‘फाइनेन्सियल नोटिसेस् डट कमको सदस्य बनेका बैंक तथा वित्तीय संस्थाहरूले यस वेब पोर्टलमा नियमित रुपमा आफ्नो सूचना तथा जानकारी अपलोड गर्न सक्दछन् । ग्राहक वा प्रयोगकर्ताहरूले निःशुल्करुपमा आफुले चाहेको बैंक तथा वित्तीय संस्थाहरुको सूचना तथा जानकारी हेर्न, डाउनलोड गर्न, प्रिन्ट गर्न र सामाजिक सञ्जाल मार्फत सेयर गर्न सक्दछन्’ सञ्चलक प्रकाश अर्यालले भने ‘सबै प्रयोगकर्ता वा ग्राहकहरुले आफ्नो ईमेल ठेगाना सब्स्क्राइब गरी दैनिक रुपमा यस वेव पोर्टलमा प्राप्त भएका सूचनाहरु आफ्नो ईमेल ठेगानामा प्राप्त गर्न सक्दछन ।’

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सम्पूर्ण सूचना तथा जानकारीहरु सजिलै उपलब्ध गराई नयाँ र अवस्थित ग्राहकहरुसंग दीगो सम्बन्ध स्थापीत गर्न, वित्तीय साक्षरता प्रदान गर्न, सामाजिक दायित्व बढाउन, संस्थाको ब्रान्डलाई दिगो र प्रवद्र्धनात्मक योजनाहरुलाई प्रभावकारी बनाउनको लागि फानान्सियल नोटिसेस् डट कमले सहयोग पुर्याउने उनको दावी छ । यस वेव पोर्टललाई प्रत्येक नागरिकहरूकोे आफ्नो आर्थिक सूचनाको हक सम्बन्धी अधिकार प्राप्त गर्ने उपयुक्त माध्यमको रुपमा स्थापित गर्ने कम्पनीको संकल्प रहेको छ । यसको माध्यमबाट विगत र वर्तमान समयका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक सूचना तथा जानकारीहरु छोटो अवधीमा एकै ठाउँमा ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।

ग्राहक वा प्रयोगकर्ताहरुले आफुले चाहेको बैंक तथा वित्तीय संस्थाहरुको सूचना तथा जानकारीहरु हेर्नका लागि विभिन्न पत्र–पत्रिका हेर्नुपर्ने, सम्बन्धीत वित्तीय संस्था वा पत्रपत्रिकाको वेव पोर्टलहरु भिजिट गर्नुपर्ने, पत्रपत्रिकाहरु फाईलिङ गरेर राख्नु पर्ने झन्झटबाट मुक्त हुने र ब्यस्त समयको बचत हुने कम्पनीको दावी छ । पत्र–पत्रीका नै नपुग्ने देशका विभिन्न विकट ठाउँहरुमा समेत फाइनान्सियलनोटिसेस् प्रभावकारी आर्थिक सूचनाको स्रोत बन्ने र विभिन्न वित्तीय अवसरहरुबाट समयमै लाभ लिनको लागि फाइनेन्सियल नोटिसेस् डट कमले सहयोग पुर्याउने सञ्चालक अर्यालले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]