काठमाडौँ । सनवे कलेजले कृत्रिम बुद्धिमत्ता (AI), बिजनेस इन्टेलिजेन्स (BI) र डिजिटल व्यवसाय प्रणालीमा केन्द्रित BSc (Hons) Business Information Technology (BIT) नामक नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमार्फत बदलिँदो कर्पोरेट आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो।
कलेजका अनुसार आजको डाटा–केन्द्रित र एआई-प्रेरित व्यवसायिक वातावरणमा प्रविधि र व्यवस्थापनको एकीकृत ज्ञान अनिवार्य बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम डिजाइन गरिएको हो।
+2 पछि व्यवस्थापन वा सूचना प्रविधि रोज्ने सामान्य अन्योललाई सम्बोधन गर्दै, यो कार्यक्रमले दुवै क्षेत्रलाई एउटै पाठ्यक्रममा समेट्ने अवसर प्रदान गर्ने कलेजले जनाएको छ।
कार्यक्रमबारे बोल्दै कलेजका प्रिन्सिपल खुशल रेग्मीले प्रविधि र व्यवसायको एकीकृत अध्ययन अबको आवश्यकता भएको उल्लेख गरे।
“आजको बजारमा प्रविधिबिना व्यवसाय र व्यवसायिक बुझाइबिना प्रविधि दुवै अपूरा हुन्छन्। यो कार्यक्रमले विद्यार्थीहरूलाई डेटा, एआई र बिजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय क्षमता विकास गर्न सहयोग गर्नेछ,” उनले भने।
पाठ्यक्रममा Business Intelligence & Data Analytics, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति, तथा टेक्नोलोजी र वित्तीय व्यवस्थापन जस्ता विषयहरू समावेश छन्। कार्यक्रम पूर्ण रूपमा उद्योग-केन्द्रित (industry-oriented) सिकाइमा आधारित रहेको जनाइएको छ।
शैक्षिक कार्यक्रमसँगै सनवे कलेजले स्टार्टअप इन्क्युबेशन (Startup Incubation) कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत विद्यार्थी तथा युवा उद्यमीहरूलाई आफ्ना आइडिया विकास, व्यवसायिक रूपान्तरण र बजार प्रवेशमा सहयोग प्रदान गरिँदै आएको छ।
हालै कलेजले AI Innovation Center मार्फत एआई सम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ र नवप्रवर्तन (innovation) गतिविधिहरूलाई पनि अघि बढाएको छ। यसले विद्यार्थीहरूलाई वास्तविक समस्या समाधानमा आधारित प्रविधि प्रयोग गर्ने अवसर प्रदान गरिरहेको छ।
कलेजले सुरु गर्न लागेको नयाँ शैक्षिक कार्यक्रम पूरा गरेपछि विद्यार्थीहरूले Business Intelligence Analyst, AI Business Consultant, Digital Entrepreneur, तथा Data and Systems Manager जस्ता क्षेत्रमा करियर बनाउन सक्ने अपेक्षा गरिएको छ।
सनवे कलेजले यस कार्यक्रमका लागि भर्ना खुला गरेको जनाएको छ। प्रारम्भिक चरणमा सीमित सङ्ख्यामा मेधावी विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत रहने बताइएको छ। यो BSc (Hons) Business Information Technology कार्यक्रम बर्मिङ्घम सिटी युनिभर्सिटी (United Kingdom) सँग सम्बन्धित (affiliated) रहेको छ ।
सनवे कलेजले नयाँ शैक्षिक सत्रका लागि BSc (Hons) Business Information Technology (BIT) मा भर्ना खुला गरिसकेको छ। ५०% छात्रवृत्तिको अफर पहिलो ५० जनाका लागि मात्र लागू हुने भएकाले इच्छुक विद्यार्थीहरूलाई यो अवसरमा जोडिन कलेजले आग्रह गरेको छ ।




