Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कसले जित्ला अवार्ड ? कुलमान घिसिङ्गदेखि बिनोद चौधरी पनि प्रतिस्पर्धामा

२०७४ फाल्गुन २२ गते

अर्थ तथा ब्यवसायीक क्षेत्रमा क्रियाशील ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफ दिइयर अवार्डका लागि भोटिङ्ग खुल्ला भएसँगै यसको चर्चा पनि चुलिएको छ । नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिईओ अफ दि इयर बिधाका लागि नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखि उद्योगी बिनोद चौधरीसम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।  

आयोजकले पत्रकार सम्मेलन गरेर पपुलर सिइओ अफ दि इयरका लागि भोटिङ्ग खुल्ला गरिएकोे जानकारी दिएको थियो । ६ वटा बिधामा प्रदान गर्न लागिएको अवार्डको अन्य ५ बिधाको निर्णय जूरी कमिटीले गर्ने र पपुलर सिइओ अफ दि इयरका लागि पब्लीक भोटिङ्गमार्फत फाईनल गर्ने आयोजकले जनाएको छ । 

नेपालकै ठुला घराना, उद्योगी, ब्यवसायीदेखि नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशकसम्म यस बिधामा नोमिनेशनमा परेका छन् । १६ जनाको यस अवार्डका लागि नोमीनेशनमा परेको र सबैलाई भोटिङ्गमार्फत नै सबैभन्दा धेरै भोट ल्याउनेलाई अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमार्फत बताईएको छ । अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गणना गरेर सर्वाधिक भोट पाउने ब्यक्तिलाई पपुलर सिइओ अफ दि इयरको अवार्ड प्रदान गरिने जनाइएको छ । 

अगामी फाल्गुन ३० गते होटल सोल्टीमा नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममाझ अर्थ तथा ब्यवसाय जगतमा क्रियाशील तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुलाई अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा १७ देशका ३०० जनाको सहभागीता रहनेछ । 

आफुलाई मन परेको ब्यक्तिलाई  अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/ मा गई भोट गर्न सकिनेछ ।

Ad