Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एफपिओको मूल्य निर्धारण कसरी हुन्छ ?

२०७४ फाल्गुन २१ गते

बैंकिङ  खबर । एफपिओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औषत बजारमूल्यका आधारमा गरिन्छ । विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिन्छ । सूचिकृत संस्थाले बोर्डले तय गरेको आधार र विधि अनुसार मूल्य गणना गर्ने र सबैविधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणनागरि मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ ।

त्यस्तै, सूचिकृत संगठित संस्थाले एफपिओ निष्कासनको लागि साधारणसभाबाट अनुमोदन भएको चार महिनाभित्रमा बोर्डमा आवेदन दिई सक्नुपर्छ । सम्बन्धीत कम्पनीले मूल्य निर्धारण गर्दा बोर्डले तय गरेको विधी बमोजिम भए नभएको औचित्य समेत प्रष्टयाउनुपर्ने हुन्छ । एफपिओ जारी गर्न सञ्चालक समिति तथा साधारण सभाको निर्णय तथा विगत पाँच वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण आवश्यक पर्नेछ ।

Ad