बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्त अनुसार सूचिकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । जसअनुसार, सूचिकृत २०६ वटा कम्पनीहरुमध्ये ११० कम्पनी नेप्सेको सूचिकरणमा ‘क’ समूहमा परेका छन् । नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन् ।
नेप्सेले चुक्ता पुँजी कम्तिमा २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ ।
आर्थिक बर्ष २०५३।५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भए अनुसार आ.व. २०७४ मा १११ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएकोमा आ.व. २०७४।७५ मा ११० वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका छन ।
