Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुल्यो

२०७४ माघ ११ गते

बैंकिङ खबर । विहीबार (माघ ११ गतेदेखि) ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुलेको छ । लुम्बिनी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गरेका हुन् । दुई बैंकको सेयर फागुन १६ गतेसम्म खुला रहनेछ । 

लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले१० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल कमलादी, लुम्विनी विकास बैंक तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु, भिबोर क्यापिटल कृष्ण गल्ली ललितपुर र आश्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिन्छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड आठ लाख ८७ हजार आठ सय २७ रुपैयाँ बराबरको २० लाख आठ हजार आठ सय ७८ दशमलव २७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल लुम्बिनी विकास बैंकको चुक्तापुँजी दुई अर्ब ८८ लाख ७८ हजार छ सय रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड ९७ लाख ६६ हजार चार सय रुपैयाँ पुग्नेछ । 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले २२५ प्रतिशत अर्थात एक बराबर २.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँके, तथा बैंकका अन्य शाखा कार्यालय र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल र धनगढीबाट आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिने सकिने बैंकले जनाएको छ ।

कर्णालीले एक सय रुपैयाँ अंकित मूल्यमा ३३ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कर्णाली डेभलपमेन्ट बैंकको चुक्तापुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्तापुँजी ४९ करोड सात लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Ad