Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको डिबेन्चरको विक्री खुल्यो

२०७४ पुष १३ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१।८२’ को बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन खुला गरेको हो । बैंकको डिबेन्चरमा पुस १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

ऋणपत्रको बिक्रीप्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । आबेदन गर्न चाहनेले नबिल ईन्भेष्ट र एनआईसी एशियाका शाखा कार्यालयका साथै आफ्नो बैंंक खाता रहेका बैंकहरुमा सम्पर्क राखी आबश्यक पक्रिया पुरा गर्नुपर्ने छ ।
 
९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । यसमा बित्त बजारमा हुने ब्याज दर घटबढले लगानीकर्तालाई कुनै प्रभाव पार्ने छैन । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिने छ । ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि महत्वपूर्ण औजार हुने विश्वास बैंकले लिएको छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्राएनपी एलए माइनास रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बैंकलाई  इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईआर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक भएको बैंकले जनाएको छ

Ad