Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तको ‘कर्जा जोखिम व्यवस्थापन’ तालिम सम्पन्न 

२०७४ पुष ९ गते

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार इटहरीमा कर्जा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ मा रहेका आफ्ना शाखा प्रमुख एवम् फिल्ड कर्मचारीहरुसहित ३५ जना सहभागी तालिममा गुणस्तरिय लगानी, भाखा नाघेको कर्जा असुली रणनीति, भाखा नाघेको कर्जाले संस्था र कर्मचारीको मनोबल एबं सेवा सुबिधामा पर्ने असर, सवल शाखा र कमसल शाखाको तुलनात्मक अध्यायन लगायतका व्यवहारीक कुराहरु समेटी प्रशिक्षण दिइयो । शाखामा कार्यरत कर्मचारीलाई सकारात्मक भई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै कार्यकारी प्रमुख पुन्य प्रसाद खनियाले संस्था सबल भए कर्मचारीको भविष्य समेत सुनिश्चित हुने बताए ।