Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

१० कक्षा पासलाई नेपाल बैंकमा रोजगारी !

२०७४ पुष ६ गते

बैंकिङ खबर । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयहरुका लागि तहविहीन संचारवाहक पदमा ४६ जना कर्मचारी माग गरेको छ । काठमाडौँ उपत्यकाभित्रका लागि ८ जना मागिएको छ भने बाँकी उपत्यकाबाहिरका लागि मागिएको छ । कक्षा १० उतीर्ण गरेका व्यक्तिलाई करारमा दुई वर्षका लागि नियुक्त गरिने बैंकले जनाएको छ । 

यसबाहेक, बैंकले तहविहीन सवारी चालक पदमा १० जना मागेको छ । कक्षा १० उतीर्ण, सवारी चालक अनुमतिपत्र प्राप्त र एक वर्षको अनुभव भएकालाई नियुक्त गरिने बताइएको छ ।