Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तद्धारा ऋण मिनाहा

२०७४ मंसिर १० गते

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको शाखा कार्यालय ठोरीले मृतक बैंकको समुह सदस्यको परिवारलाई मिति २०७४/०८/०८ मा ऋण मिनाहा गरी राहात स्वरुप किरीया खर्च समेत प्रदान गरेको छ । यस बैंकको शाखा कार्यालय ठोरी अन्तर्गत इच्छानगर बैकिङ समुदायका बैकिङ समुदाय नं.२८ मा आबद्ध समुह सदस्य श्रीमती गिता देवी कोइरालाको कात्र्तिक १० गते निधन भए पछि उनले लिएको कर्जाको तिर्न बाकी सावा र ब्याज समेत रु. ३७,१७८/– मिनाहा गरिएको हो । साथमा किरीया खर्च बापत उनका पति ओत बहादुर कोइरालालाई रु. ३०००/– समेत प्रदान गरिएको लघुवित्तले जनाएको छ । 

कोइराला पर्सा जिल्लाको ठोरी गा.पा. वडा नं २, इच्छानगर घर भई सोही स्थानमा बसोबास गर्दै आएकी  थिइन् । ३६ बर्षको उमेरमै असामायिक निधन भएको प्रति समवेदना प्रकट गर्दै शाखा कार्यालय ठोरीका शाखा प्रमुख कृष्ण शरण लामिछानेले मृतकका परिवारलाई ऋण मिनाहा गरिएको पत्र र सहयोग रकम प्रदान गरे । 

बैंकले वित्तिय पहुँचबाट टाढा रहेका, हालसम्म कुनै पनि वित्तिय संस्था नभएको ठोरी जस्तो विकट ठाउँमा समेत आफ्नो शाखा विस्तार गरी त्यस स्थानका विपन्न वर्गलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । यस बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत  बैंकिङ्ग समुदायमा आवद्ध रहेका सदस्यहरुमा पर्ने मृत्यु देखि विपद् र उत्कृष्टताको आधारमा उनीहरुका छोराछोरीको अध्ययनको लागि समेत सहयोग गर्दै आएको छ । यस बैंकले ११ जिल्लाका २५ वटा शाखा कार्यालय मार्फत गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउँदै आएको छ ।