काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुलाई तीन दिने उद्यमशीलता विकास तालिम मोरङ जिल्लाको विराटनगरमा संचालन गरेको छ । मंसिर १ गतेदेखि ३ गतेसम्म संचालित उक्त तालिममा विराटनगर, टंकिसिनूवारी, कर्सिया शाखाहरुका २२ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।
ग्राहक सदस्यहरुका लागि उद्यमशीलता विकास तालिम सम्पन्न गरेको बैंकका बिर्तामोड क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमूख नारायण प्रसाद पन्थीले बताए । क्षेत्रीय प्रमूख पन्थीले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनूका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताए । २५ वर्षदेखि निरन्तर सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाढि बढेको समेत पन्थीले बताए ।
निर्धन उत्थान बैंकले देशभरीका १७८ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा प्रदान गरिरहेको छ । बैंकले आठ अजार ९१ जना ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना बनाएको छ । यसको साथै थप छ सय जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम र थप सात सय ५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
निर्धन उत्थान बैंक शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठूलो बैंक बन्न पुगेको छ । बैंकले २०७४ असोज मसान्तसम्ममा दुई लाख ९८ हजार पाँच सय ६८ घरपरिवारहरुमा सेवा पूर्याईरहेको छ । यो अवधिमा ग्राहक सदस्यहरुका छ अर्ब ६८ करोड रुपैयाँ बचत परिचालन गरेको बैंकको लगानीमा रहेको कर्जा १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।


