Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बोनस सेयरपछि हकप्रद जारी गर्दै स्वदेशी लघुवित्त

२०७४ आश्विन २९ गते

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको असोज २७ गते बसेको लाभांशपछि हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

सुनसरीको ईटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदेशीको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी ११ करोड ५० लाख पुग्नेछ । त्यसपश्चात हकप्रद बिक्री गर्दा कम्पनी पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।