धितोपत्र बजारमा सुशासन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४ बनाई लागु गरेको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले आचरण तथा व्यवहार, इमान्दारीता तथा गोपनियता, वित्तीय अनुशासन, पदको दुरुपयोग, कार्य जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नुपर्ने, दान, उपहार, चन्दा, आदि प्राप्त गर्न र सापटी लिन नहुने, सेयरमा लगानी गर्न नहुने, संचार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने आदि व्यवस्थाहरु समेटेर उक्त आचारसंशिता बनाई कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ । साथमा नेपाल धितोपत्र बोर्डले सुचिकृत संगठित संस्थाहरुका लागि सुशासन सम्बन्धि निर्देशिका बनाउने तयारी थालेको समेत जानकारी दिएको छ ।
नौ बुँदामा आचारसंहिता
- नेपाल धितोपत्र बोर्डले आफ्ना कर्मचारीलाई कार्यकाल अवधीभर संस्थापक सेयरमा लगानी र दोस्रो बजारमा सेयर खरिद गर्न रोक लगाएको छ ।
- बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डवाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्थावाधितोपत्रदर्ता तथा निष्काशनप्रक्रियामा रहेका सङ्गठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालिन पदाधिकारीको रुपमा रहन नपाउने भएका छन् ।
- यस्तै बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्थावाधितोपत्रको दर्ता तथानिष्काशन गरेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा पदाधिकारी रहेमात्यस्तो व्यवसायी, सूचिकृत संगठित संस्थावाधितोपत्रदर्ता तथानिष्काशन गरेका सङ्गठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्तो संस्था सम्बन्धी हुने छलफल तथा निर्णयमा सहभागी हुन नहुने व्यवस्था गरिएको छ ।
- बोर्ड सदस्यले ओहदाको कर्तव्य पालना गर्दा आफूलाई ज्ञात हुनआएको कुनै कुरा वा बोर्ड वाअन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहितहुने गरी बोर्ड बाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सङ्केत वा प्रकट गर्न रोक लगाइएको छ ।
- बोर्ड सदस्यले अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थालाई कुनै प्रकारको सेवाप्रदान गरेको भए बोर्डलाई सोको जानकारी दिनु पर्ने र साथै त्यस्तो संस्थाका सम्बन्धमा बोर्डमा हुने छलफलमा स्वार्थ बाझिने हुँदा त्यस्तो छलफल तथा निर्णयमा भाग लिन नपाइने भएको छ ।
- बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनिकिसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिएको छ ।
- बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृति बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वाउ पहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कूनै सदस्यबाट स्वीकार गराउन नपाउने व्यवस्था गरिएको छ ।
- बोर्डले गरेका क्रियाकलापमा असर पुग्ने गरी कुनै पनि सूचना प्रवाह गर्न समेत कर्मचारीलाई बन्देज लगाइएको छ ।