एउटा वाणिज्य बैंक । जसले शहरी भेगमा चर्को व्यापार गरिरहेको छ । उसलाई गाउँ जानु पर्दैन । देशको कानून लाग्दैन । यसको शाखा संजाल अति नै कम छ ।विदेशी लगानीमा भित्रिएको स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड शाखा सञ्जाल विस्तारमा सबैभन्दा कमजोर देखिएको छ । यस बैंकको जम्मा १२ वटा मात्रै शाखा छन् । भएका १२ वटा शाखा पनि मुलुकका नामुद शहर केन्द्रित छन् । यस बैंकको उपत्यकाभित्र ५ वटा र उपत्यका बाहिरका प्रमुख शहरहरुमा ७ वटा मात्रै शाखा सञ्जाल रहेका छन् । शाखा खोल्न बाँकी रहेका स्थानीय तहमा २७ वटा वाणिज्य बैंकहरुले शाखा खोल्ने सहमति गरे पनि यो बैंक भने स्थानीय तहमा नजाने भएको छ । यो बैंकले जनताको सेवालाई ध्यानमा नराखेको देखिन्छ ।