Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पछि हट्यो महानगर, घरजग्गामा अब पूरानै कर

२०७४ श्रावण १६ गते

काठमाडौं महानगरपालिकाले घरजग्गामा पूरानै कर लगाउन थालेको छ । महानगरले नयाँ कर फिर्ता गरेर आइतबारदेखि पुरानो कर उठाउन थालेको हो । नयाँ करको दरमा त्रुटी भेटिएकाले आफूहरु पछि हटेको महानगरले जनाएको छ । 

कर बढाउन खोजिए पनि नगर परिषदले पारित गरेको आर्थिक ऐनको किताबमा अंक राख्न नजान्दा कर घट्न पुगेको भन्दै पूरानै दरअनुसार कर उठाउन सुरु गरेको बताइएको छ । यसअघिको कर नीतिमा ६ लाख रुपैयाँ तिर्नुपर्ने करदाताले नयाँ कर नीतिअनुसार १७ हजार रुपैयाँमात्रै तिर्नुपर्ने अवस्था आएपछि महानगर पछि हट्नैपर्ने बाध्यता सिर्जना भएको हो । 

Ad