बैंकिङ खबर- शुक्रबार नागपञ्चमी र रक्षा वन्धनको सरकारले सार्वजनिक बिदा दिए पनि बैंकहरुले बैंकिङ सुविधा भने दिइरहेका छन् । बैंकहरुले निश्चित शाखा तोकेर निश्चित समयमा बैंकिङ सेवा दिने गरेका छन् । सार्वजनिक बिदाका दिन शाखा खोलेर बैंकिङ सुविधा दिनैपर्ने बाध्यात्मक व्यवस्था नभए पनि बैंकहरुले जनताको सेवाका लागि खुला राखेका हुन् । यसमा नेपाल राष्ट्र बैंकले अवरोध नगर्ने सह–प्रवक्ता एवं निर्देशक राजेन्द्र पंडितले बताए । ‘सार्वजनिक बिदाको दिन बैंक खोलनै पर्छ भन्ने छैन,’ बैंकिङ खबरसँग कुरा गर्दै राष्ट्र बैंकका सह–प्रवक्ता पंडितले भने ‘सार्वजनिक बिदाका दिन जनतालाई सेवा दिने उद्देश्यले निश्चित समय तोकेर निश्चित शाखाबाट बैंकिङ सुविधा दिने गरेका छन् ।’
आज रक्षाबन्धन तथा नागपञ्चमीको अवसरमा सरकारले बिदा दिए पनि केहि बैंकहरुले निश्चित शाखाबाट बैंकिङ सेवा दिइरहेका छन् ।
कुन बैंकको कुन शाखा खुला ?
शुक्रबार सार्वजनिक बिदाका दिन नेपाल इन्भेष्टमेन्ट बैंकले बिहान १०ः०० बजेदेखि दिउसो १२ः०० बजेसम्म मूख्य कार्यालयबाट बैंकिङ सेवा दिएको छ । यस बैंकले दिउसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म पुतली सडक शाखा कार्यालयबाट र दिउसो ३ः३० बजेदेखि साझ ६ बजेसम्म न्युरोड शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ ।
सानिमा बैंकले दुई मूख्य कार्यालय सहित २ शाखाबाट शुक्रबार बैंकिङ सुविधा दिने जनाएको छ । यस बैंकको कुमारीपाटी शाखा कार्यालय र मूख्य कार्यालय बिहान ११ः०० बजेदेखि दिउसो साझ २ः०० बजेसम्म शाखा कार्यालयहरु खुला रहने जनाएको छ । कुमारी बैंकले पनि शुक्रबार नगद कारोबारको मात्रै सेवा दिने जनाएको छ । नगद कारोबारका लागी दिउसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म पुतली सडक स्थित मूख्य कार्यालयको काउण्टर खुला रहने कुमारी बैंकले जनाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक तथा नेपाल बैंक भने शुक्रबार बन्द रहेका छन् ।
बैंकहरुले सावजनिक बिदा शनिबारको दिन पनि सेवा दिने गरेका छन् । शनिबार सेवा दिने बैंकहरु बारे यहाँ उल्लेख गरिन्छः
(क्र.सं) (बैंकको नाम) (स्थान) (खुला रहने समय)
१. एभरेष्ट बैंक लाजिम्पाट, चावहिल, नयाँ वानेश्वर र न्यूरोड विहान १० देखि दिउँसो २ बजेसम्म
२.नविल बैंक कमलादी विहान १० देखि दिउँसो २ बजेसम्म
३.माछापुच्छ्रे बैंक पुतलीसडक विहान १० देखि दिउँसो २ बजेसम्म
४. नेपाल बैंक न्यूरोड विहान ११ देखि दिउँसो २ बजेसम्म
५. सिद्धार्थ बैंक न्यूरोड, तिनकुने, कुमारीपाटी र बौद्ध विहान ११ देखि दिउँसो २ बजेसम्म
६. राष्ट्रिय वाणिज्य बैंक तिनकुने, कुमारी वहाल र हात्तिसार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म
७. प्राइम कमर्सियल बैंक न्यूरोड दिउँसो २ बजेदेखि ४ बजेसम्म
८. सनराइज बैंक पाटन, गाःवहाल र गैरीधारा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
९. जनता बैंक नयाँ वानेश्वर विहान १० बजेदेखि दिउँसो १ बजेसम्म
१०. सिभिल बैंक कमलादी विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
११. सेञ्चुरी बैंक पुतलीसडक विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१२. सानिमा बैंक नक्साल विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१३. बैंक अफ काठमाडौं कमलादी विहान १० बजेदेखि दिउँसो २ बजेसम्म
१४. नेपाल क्रेडिट एण्ड कमर्स बेैंक, न्युरोड विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१५. प्रभु बैंक विजुलीबजार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१६. ग्लोवल आईएमइ बैंक कान्तिपथ विहान १० बजेदेखि दिउँसो २ बजेसम्म
१७. एनआइसी बेैंक न्युरोड र कमलादी विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म