एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल सोल्टी क्राउन प्लाजामा एक भव्य कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिश प्रसाद अग्रवालले कुल १९ कर्मचारी, एक शाखा र करिब आठ करोड रुपैयाँ चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ्ग क्षेत्रमा नेपाल इन्डस्ट्रियल एण्ड कमर्सियल बैंकको रुपमा प्रवेश गरेर अहिले एक सशक्त वाणिज्य बैंकको रुपमा उभिन सफल रहेको बताए । बैंकको एतिहासिक पृष्ठभुमी एवम् उपलब्धीहरुको बारेमा जानकारी दिँदै अध्यक्ष अग्रवालले बैंकले गरेको प्राथमिक सेयर निष्काशनमा आठ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको, गुणस्तरीय सेवा प्रदान गरे बापत बैंकले ISO 9001:2008 certified भई सो Recognition पाउने एक मात्र वाणिज्य बैंक भएको, अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड बैंकले प्राप्त गरको जानकारी गराए । साथै, बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या पाँच लाख ५० हजारभन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका डिजिटल बैंकिङसेवा लिने सेवाग्राही संख्या दुई लाख ५० हजार नाघेको समेत उनले जानकारी गराए ।
बैंक स्थापना कालमा रु. १०० को १ साधारण सेयरमा लगानी गर्ने सेयरधनीहरुको लगानीबाट हालको बजार मुल्य अनुसार रु.३,४९० को मुनाफा हुने अवस्था रहेको, बैंकले डिजिटल बैंकिङअन्र्तगत Cash less Man/ less Banking तर्फको यात्रामा उल्लेख्य आधार तय गरेको अध्यक्ष अग्रवालले बताए । सोही कार्यक्रममा बैंकका अध्यक्षले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा Television Commercial (TVC) तथा Souvenir Video को बिमोचन समेत गरे ।
कार्यक्रममा बोल्दै बैंकको ब्राण्ड एम्बेशडर मनिषा कोइरालाले बैंकको ग्राहक मैत्रि सेवा, योजना, वित्तीय समावेशीता जस्ता राष्ट्रिय प्राथमिकताका बिषयमा यस बैंकले खेलेको भुमिकाले यस बैंकप्रति थप आत्मियता महसुस भएको बताइन् । साथमा बैंकसगँ प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउँदा राष्ट्रकै सेवा गरेको महसुस भएको र “बैंक पनि साथी पनि” को भावनाका साथ बैंक आगामी दिनमा सम्पुर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक हुने कुरामा उनले पुर्ण रुपमा बिश्वास प्रकट गरिन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले धन्यवाद ज्ञापन गर्दै बैंकले तीन बर्ष अगाडि नै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिए । साथै, उनले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र एटिएम संख्या १००० पुर्याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको र सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढि रहेको समेत जानकारी गराए ।
वरिष्ठ गायिका तथा बैंकको प्रोडक्ट प्रोमोटर इन्दिरा जोशीले बैंकको वार्षिकोत्सव जिंगल प्रत्यक्ष प्रस्तुत गर्दै एनआईसी एशिया बैकसँग आबद्ध हुन पाएकोमा आफु गौरवान्वित भएको बताइन् ।
कार्यक्रममा नियामक निकायका पदाधिकारीहरु, बैंकका संचालकहरु, बैकका संस्थापक तथा सर्वसाधारण शेयरधनी हरु, बैंकका ग्राहकवर्ग, सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरु, कर्मचारीहरु र विभिन्न सञ्चार सस्थांहरुबाट पाल्नु भएका पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।