अब घरजग्गाको कारोबार गर्दा पनि भुक्तानी बैंकमार्फत नै गर्नुपर्ने भएको छ । नगद कारोबारमा सीमा तोकिएपछि मालपोत कार्यालयहरुले घरजग्गा खरीदबिक्रीमा पनि कडाइ गर्न थालेका हुन् । साउन १ गतेदेखि १० लाखभन्दा माथिको कारोबार बैंकमार्फत मात्रै गर्न पाइने भएको छ । नयाँ ब्यवस्थासँगै सम्पति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था भन्दै राष्ट्र बैंकले कारोबारमा कडाइ गर्न मालपोत कार्यालयहरुलाई पनि सर्कुलर गरेपछि मालपोत कार्यालयहरुले घरजग्गा खरीद बिक्रीमा कडाइ गरेका हुन् । मालपोत कार्यालयहरुले घरजग्गा किन्नेबेच्नेबीच नगद कारोबार बैंकमार्फत भएको प्रमाण पेस गरे मात्र रजिष्ट्रेसन प्रकृया अगाडि बढाउन थालेका छन् ।