बैंक नपुगेका स्थानीय तहमा शाखा खोल्न लागेका बैंकहरुमध्ये, २१ वटा बैंकले १० वटासम्म मात्रै स्थानीय तहमा शाखा खोल्ने भएका छन् । एनएमबि बैंकले १० वटा स्थानीय तहमा शाखा खोल्दैछ भने हिमालयन बैंकले सबैभन्दा कम ३ वटा मात्रै स्थानीय तहमा शाखा खोल्दैछ । यसबाहेक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंक नौरनौ वटा स्थानीय तहमा जाँदैछन् भने नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बंगलादेश बैंक सात÷सात स्थानीय तहमा जाँदैछन् । त्यस्तै, सेञ्चुरी बैंक, सिटिजन्स बैंक, नबिल बैंक र प्राइम बैंकले छ/छ स्थानीय तहमा शाखा विस्तार गर्ने भएका छन् भने सानिमा बैंक, एनआईसी एसिया बैंक, एनसीसी बैंक, माछापूछ्रे बैंक र एभरेष्ट बैंकले पाँचरपाँच स्थानीय तहमा शाखा पुर्याउनेछन् ।
एनएमबि बैंकले १० जिल्लाका १० स्थानीय तहहरुमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । यस बैंकले सुनसरीको देवानगञ्ज गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, झापाको कन्काई गाउँपालिका, सप्तरीको सुरुङ्गा नगरपालिका, धनुषाको बटेश्व गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, डोटीको केआसी गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
सिद्धार्थ बैंकले ९ जिल्लाका ९ वटा स्थानीय तहमा आफ्ना शाखा खोल्ने भएको छ । सिद्धार्थले भोजपुरको षडानन्द नगरपालिका, संखुवासभाको मकालु गाउँपालिका, सुनसरीको गढी गाउँपालिका, सर्लाहीको हरिपुर गाउँपालिका, काभ्रेको रोशी गाउँपालिका, रामेछापको गोकुल गंगा गाउँपालिका, कपिलवस्तुको यसोधरा गाउँपालिका, रुपन्देशीको मर्चवारी गाउँपालिका र बाजुराको बुढीगंगा गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
लक्ष्मी बैंकले ९ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । यस बैंकले सोलखुम्बुको दुशकौशिका गाउँपालिका, सुनसरीको भोक्राहा गाउँपालिका, महोत्तरीको मनरा गाउँपालिका, मकवानपुरको बकैया गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, पाल्पाको तिनाउ गाउँपालिका, सुर्खेतको चोकुने गाउँपालिका, सुर्खेत कै सिम्ता गाउँपालिका र दार्चुलाको सिम्ता गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
नेपाल बंगलादेश बैंकले ७ स्थानीय तहहरुमा शाखा स्थापना गर्ने भएको छ । यस बैंकले भोजपुरको साल्पाछिलिचो गाउँपालिका, धनकुटाको साँघुरीगढी गाउँपालिका, संखुवासभाको पाच खपन नगरपालिका, तेह्रथुमको छथर गाउँपालिका, बाराको परवानीपुर गाउँपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिका र जुम्लाको सिंजा गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
सरकारी स्वामित्वको कृषि विकास बैंकले ६ जिल्लाका ७ स्थानीय तहमा बैंक शाखा खोलने भएको छ । यस बैंकले ओखलढुंगाको चम्पादेबी गाउँपालिका, सोलुखुम्बुको सोताङ गाउँपालिका, सुनसरीको बर्जु गाउँपालिका र सुनसरीकै कोशी गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र बझाङको बुंगल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
एनआईसी एशिया बैंकले ५ जिल्लाका ५ स्थानीय तहमा शाखा कार्यालयहरु स्थापना गर्ने स्थापना गर्ने भएको छ । यस बैंकले झापाको झापाको कचनकवल गाउँपालिका, ताप्लेजुङको मेरिङदेन गाउँपालिका, नवलपरासीको वुलिङटार गाउँपालिका, अछामको रामारोशन गाउँपालिका र कञ्चनपुरको बेदकोट नगरपालिकामा शाखा खोल्ने भएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंकहले ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । यस बैंकले तेह्रथुमको लाललिगुँरास गाउँपालिका, सिरहाको धनगढीमाई नगरपालिका, दाङको दगिशरण नगरपालिका, बैतडीको मेलौली नगरपालिका र कञ्चनपुरको कृष्णापुर नगरपालिकामा शाखा खोल्ने भएको छ ।
नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । नेपाल बैंकले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका, नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रुकुमको सिस्ने गाउँपालिका, सल्यानको बागचौर नगरपालिका र डोल्पाको जगदल्ला गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
नेपाल एसबीआई बैंकले ७ स्थानीयह तहमा शाखा खोलने भएको छ । यस बैंकले खोटाङको साकेलो गाउँपालिका, ओखलढुंगाको लिखु गाउँपालिका, संखुवासभाको धर्मदेवी नगरपालिका, नुवाकोटको पञ्चकन्या गाउँपालिका, प्युठानको गौमुखी गाउँपालिका, दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिका र बैतडीको शिवनाथ गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
माछापुच्छ«े बैंकले ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । यस बैंकले धनुषाको गशेमान चारंगा नगरपालिका, सिरहाको कर्जन्हा गाउँपालिका, मुगुको खत्याङ गाउँपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकामा शाखा खोल्ने छन् ।
ग्लोबल आईएमई बैकले ७ स्थानीय तहमा बैंक शाखा खोलने भएको छ । यस बैंकले काभ्रेको बेथानचोक गाउँपालिका, गोर्खाको सिरानचोक गाउँपालिका, गुल्मीको गुल्मी दरबार गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, बैतडीको पुर्चोडी नगरपालिका, डोटीको बोगटान गाउँपालिका र कर्णलीको मोहन्याल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९ स्थानीय तहमा शाखा खोल्ने भएको छ । यस बैंकले संखुवासभाको मादी नगरपालिका, रौतहटको गढीमाई गाउँपालिका, सप्तरीको छिन्नमस्ता गाउँपालिका, मकवानपुरको इन्द्र सरोबर गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका, गुल्मीको इस्मा गाउँपालिका, कपिलवस्तुको बुद्धभूमी नगरपालिका, जाजगरकोटको त्रिवेणी नलगाढ नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा शाखा खोल्ने भएको छ ।
प्राइम कमर्शियल बैंकले ६ स्थानीय तहमा बैैंकको शाखा खोल्ने भएको छ । यस बैंकले संखुवासभाको सभापोखरी गाउँपालिका, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका, मकवानपुरको भिफेदी गाउँपालिका, सुर्खेतको लेकबेसी नगरपालिका, बझाङको खप्तडछान्ना गाउँपालिका र कैलालीको कैलारी गाउँपालिकामा आफ्नो शाखा खोल्ने भएको छ ।
सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले ५ जिल्लाको ६ स्थानीय तहमा बैंक शाखा खोल्ने भउको छ । यस बैंकले मोरङको कटहरी गाउँपालिका, पर्साको सुवर्णपुर गाउँपालिका, रौतहटको मौलापुर र इश्नाथ गाउँपालिका, पर्वतको महाशिला गाउँपालिका र सुर्खेतको गुर्भाकोट गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
सानिमा बैंकले ५ स्थानीयत तहमा बैंक शाखा खोल्ने भएको छ । सानिमाले इलामको माई नगरपालिका, सुनसरीको हरिनगरा गाउँपालिका, दोलखाको मेलुङ गाउँपालिका, दैलेखको डङ्गेश्वर गाउँपालिका र डडेलधुराको भागेश्वर गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
नेपालको सबैभन्दा पुरानो प्राइभेट सेक्टरको बैंक नविल बैंकले ६ स्थानीय तहहरुमा बैंक शाखा खोल्ने भएको छ । नविलले पर्साको पोखरिया नगरपालिका, रुपन्देशीको सम्मरीमाई गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका, बझाङको वित्थडचिर गाउँपालिका र डडेलधुरको आतिलाल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
एभरेष्ट बैंकले ६ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । एभरेष्टले महोत्तरीको पिपरा गाउँपालिका, नुवाकोटको दुप्चेस्वर गाउँपालिका, स्यांजाको बिरुवा गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका र डोटीको शिखर नगरपालिकामा शाखा खोल्ने भएको छ ।
हिमालयन बैंकले ३ स्थानीय तहमा शाखा खोल्ने भएको छ । यस बैंकले बाराको प्रसोनी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
सेञ्चुरी कमर्शीयल बैंकले ६ स्थानमा शाखा खोल्ने भएको छ । यस बैंकले खोटाङको लामिडाँडा गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिका, सर्लाहीको गोडैटा नगरपालिका, अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र दाङको राजपुर गाउँपालिकामा शाखा खोल्ने भएको छ ।
सिटिजन्स बैंकले पनि ६ स्थानमा शाखा खोलने भएको छ । यस बैंकले रुकुमको आठबिसकोट नगरपालिका, झापाको हल्दीबारी गाउँपालिका, महोत्तरीको औरही गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, दाङको बंगलाचुली गाँउपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ ।
सिभिल बैंकले ६ जिल्लाका ९ जिल्लामा शाखा विस्तार गर्ने भएको छ । सिभिलले इलामको माईजागमाई गाउँपालिका, पाँचथरको याङवरक, हिलिहाङ र मिक्लाजुङ गाउँपालिका, रामेछापको खाँदेवी गाउँपालिका, लमजुङको राईनास, क्व्होलासोथार, दुधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा शाखा खोलने भएको छ ।