तपाईँलाई थाहा छ ? प्रत्येक नेपाली अहिले झन्डै २२ हजार ऋणको भारी बोकेर हिँडिरहेका छ । प्रत्येक नेपालीको भागमा अहिले २१ हजार सात सय ४९ रुपैयाँ ऋण रहेको एक सवेक्षणले देखाएको हो । यो ऋण गत वर्षको तुलनामा भने कम हो । प्रतिव्यक्ति आन्तरिक र वैदेशिक ऋण गत वर्षको तुलनामा चार सय १० रुपैयाँको घटेको हो । गत वर्ष प्रत्येक नेपालीको भागमा २२ हजार एक सय ५९ रुपैयाँ ऋण थियो ।
गत वर्षको तुलनामा प्रतिव्यक्ति आय बढेका कारणले ऋणमा कमी आएको हो । सरकारको सर्वेक्षणअनुसार विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय चार गुणाले बढेको छ । सर्वेक्षणका अनुसार, नेपालको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा झन्डै ११ हजार रुपैयाँले बढेर ९१ हजार चार सय ८८ रुपैयाँ पुगेको छ । जबकि, गत वर्ष यस्तो आय जम्मा ८० हजार पाँच सय २५ रुपैयाँ थियो ।
हाल नेपालले विदेशी निकायसँग लिएको ऋण तीन खर्ब ९१ अर्ब रुपैयाँ छ भने आन्तरिक ऋण दुई खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।