Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

महँगी दर १३ वर्षयताकै न्युन, दाल तरकारीको भाउमा बढी राहत

२०७४ श्रावण ४ गते

गत आर्थिक वर्षमा मूल्यवृद्धि दर १३ वर्षयताकै कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आपूर्ती व्यवस्थापनको सुधार तथा लोडसेडिङ अन्त्यका कारण मूल्यवृद्धिदरमा कमी आएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०७३।७४ को ११ महिनामा मूल्यबृद्धिदर २.८ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही मूल्यवृद्धिदर ११.१ प्रतिशत रहेको थियो । यसअघि सवैभन्दा कम मूल्यवृद्धिदर आव २०६१।६२ मा २.७ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्रबैंकले मंगलबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार पहाडमा महंगी ४ प्रतिशत बढेको छ । भने तराईमा ३.१ प्रतिशत तथा हिमाली क्षेत्रमा १.८ प्रतिशत मात्रै रहेको छ । काठमाडौँ उपत्यकामा भने महँगी सबैभन्दा कम बढेको पाइएको छ । जसअनुसार, जेठ मसान्तमा काठमाडौ उपत्यकामा मूल्यवृद्धि दर १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्यबृद्धिदर पहाडमा १२ प्रतिशत, तराईमा ९.५ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र काठमाडौ उपत्यकामा १३ प्रतिशत रहेको थियो ।

यो वर्ष दलहन तथा गेडागुडीको मूल्यवृद्धि दर १७.५ प्रतिशत, तरकारीको १६.३ प्रतिशत र ध्यू तथा तेलको मूल्यवृद्धिदर एक प्रतिशतले घटेको छ । चिनी तथा चिनीजन्य पदार्थको र मदिराजन्य पेय पदार्थको मूल्यवृद्धिदर भने क्रमशः ११.५ प्रतिशत र १०.८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसमा तरकारीमा २९.४, दलहन तथा गेडागुडीमा २१.५, मदिराजन्य पेय पदार्थमा १५.९, चिनी तथा चिनीजन्य पदार्थमा १३.५ प्रतिशतले मूल्यवृद्धि दर बढेको थियो ।

Ad