Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मर्चेन्ट बैंकर नियमावलीको संशोधन : चक्तापुँजी र कार्यक्षेत्र बढ्यो

२०७४ श्रावण २ गते

मर्चेन्ट बैंकरहरुले चुक्तापुँजी पाँच करोड रुपैयाँ पुर्याउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावलीलाई संसोधन गरी चक्तापँजी तीन करोड रुपैयाँबाट बढाएर पाँच करोड रुपैयाँ पुर्याएको हो । यो व्यवस्था मंगलबारदेखि लागू हने धितोपत्र बोर्डले जनाएको छ । 

बोर्डले धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर)को पुँजी पनि चार करोड रुपैयाँबाट बढाएर सात करोड रुपैयाँ पुर्याएको छ भने सयर रजिष्ट्रारको चक्तापँजी एक करोड रुपैयाँबाट बढाएर तीन करोड रुपैयाँ पुर्याएको छ । त्यसैगरी, लगानी व्यवस्थापकको चुक्तापँजी एक करोडबाट बढाएर पाँच करोड र संस्थागत परामर्शदाताको चुक्ता पुँजी तीन करोड रुपैयाँ पुर्याइएको बोर्डले छ ।

कार्यक्षेत्र विस्तार
चक्तापँजीसँगै मर्चेन्ट बैंकहरुको कार्यक्षेत्र पनि बढाइएको छ । नयाँ व्यवस्थासँगै अब मर्चेन्ट बैंकरले संस्थागत परामर्शदाताको काम पनि गर्न पाउने भएका छन् । त्यस्तै, मर्चेण्ट बैंकरले सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवाप्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको काम पनि गर्न पाउने भएका छन् । यसअघि मर्चेण्ट बैंकरले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापनको काममात्रै गर्न पाउँथे ।

यो नियमावली लागू भएपश्चात मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार हुने तथा बढ्दो जिम्मेवारी अनुरुप मर्चेन्ट बैंकरको वित्तीय अवस्था सुदृढ भई मर्चेण्ट बैंकरको प्रतिस्पर्धात्मक क्षमतामा बृद्धि भई समग्र पूँजी बजारको विकास तथा विस्तारमा सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ । 

Ad