Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डिम्याट खाता नवीकरण नगर्नेले अब सेयर किनबेच गर्न नपाउने

२०७४ श्रावण १ गते

साउन मसान्तसम्ममा डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताले सेयर कारोबार गर्न नपाउने भएका छन् । साउन मसान्तसम्म डिम्याट खाता नवीकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गर्दै केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले नवीकरण नगर्नेहरुको खाता रोक्का गर्ने जनाएको छ ।

कति लाग्छ शूल्क ?
हालसम्म आठ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएका भए पनि कतिपय खाताहरु सक्रिय छैनन् । आर्थिक वर्ष २०७३।७४ मा डिम्याट खाता सञ्चालन गरेका प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्कबापत एक सय रुपैयाँ मात्रै तिनुपर्नेछ ।
 

Ad