Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभियो एस डेभलपमेन्ट, एकिकृत कारोबार बिहीबार

२०७४ असार २८ गते

एस डेभलपमेन्ट बैंक बिहीबारबाट नेपाल इन्भेष्टमेन्ट बैंकमा औपचारिक विलय हुने भएको छ । नेपाल इन्भेष्टमेनटले एस डेभलपमेन्टलाई एक्विजिशन गरी बिहीबारबाट एकिकृत कारोबार शुरु गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकले तोके अनुसारको ८ अर्व चुक्ता पूँजी यस अघि नै पुर्याइसको नेपाल इन्भेष्टमेन्टको चुक्ता पूँजी एसलाई एक्विजिशन पश्चात ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यी दुइ संस्थाको स्वाप खरिद रेसियो १०० बराबर ४१ कायम गरिएको छ । प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय २४ अर्ब र कूलकर्जा १ सय ७ अर्ब पुगेको छ भने शाखा संख्या ६१ भएको र एटिएम संख्या ९८ पुगेको बैंकले जनाएको छ ।
 

Ad