Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनता बैंकसँग विलय हुँदै सिद्धार्थ डेभलपमेन्ट बैंक, शुक्रबारदेखि एकिकृत कारोबार

२०७४ असार २८ गते

जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आगामी शुक्रबार (असार ३० गते) एकिकृत कारोबार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट एक्विजिशनका लागि अन्तिम स्विकृति पाएको जनताले आगामी शुक्रबार बिशेष समारोहको आयोजना गरी एकिकृत कारोबार शुरु गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले एक्विजिशनका लागि बैंकलाई गत आइतबार अन्तिम स्विकृति प्रदान गरेको थियो । 

सिद्धार्थ डेभलपमेन्टको गत जेठ १२ गते सम्पन्न विशेष साधारणसभाले जनता बैंकसँग एक्विजिशन हुने निर्णय पारित गरेको थियो भने, जनता बैंकको असार १३ गते बसेको साधारणसभाले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो । एकिकृत कारोबारको तयारीका लागि दुबै बैंकले बिहीबार सबै बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । बुधबार दुबै बैंकले सूचना जारी गर्दै बिहीबार (असार २९ गते) सबै बैंकिङ कारोबार बन्द हुने जानकारी गराएका हुन् । 

जनता बैंकसँग एक्विजिसनमा आएको सिद्धार्थ डेभलपमेन्ट बैंकले विकास बैंक भएर पनि १ बराबर १ सेयर स्वाप रेसियो कायम भएको छ । एक्विजिशन पछि जनता बैंकको सञ्चालकमा सिद्धार्थ डेभलपमेन्ट बैंकको दुई सञ्चालकहरु थपिने छन भने हाल सिद्धार्थ डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत रहेका अजयकुमार मिश्र एक तह घटुवा भएर जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् । 
 

Ad