Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कात्तिकदेखि आफ्नै घरमा बसेर सेयर किनबेच गर्न सकिने

२०७४ असार २२ गते

आगामी कात्तिक महिनाबाट सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू हुने भएको छ । नेप्सेको लागि यो प्रणाली निर्माण गरिरहेको वाइको प्रा.लि.ले कात्तिक महिनाको तेस्रो साताबाट पूर्ण रुपमा यो प्रणाली सञ्चालनमा ल्याउने जानकारी दिएको छ । परीक्षणको रुपमा भने भाद्र महिनाबाटै यो प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुधबार वाइकोका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगतिबारे जानकारी दिने क्रममा यस्तो जानकारी दिएका हुन् । 

पूर्ण अनलाईन कारोबार प्रणाली संचालनमा आएपछि सेयर किनबेच गर्न अहिले जस्तो सेयर दलालको कार्यालयमै धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । आफ्नै घर, दुर्गम ठाउँ वा बिदेशमा बसेर ईन्टरनेट र कम्प्युटरको सहायताले सेयर किनबेच गर्ने सुविधा यो प्रणालीले दिनेछ । 

Ad