सेयर लगानीकर्ता संघ नेपालले मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धमा सेयर लगानीकर्ताले थप कुनैपनि शुल्क तिर्नुनपर्ने बताएको छ । संघले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै लगानीकर्ताले तिर्दै आएको ०.४० देखि ०.६० प्रतिशत कमिशनमा नै १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश भएकोले थप शूल्क तिर्नुनपर्ने बताएको हो । संघले यस सम्बन्धमा लगानीकर्ताहरुको मानसिकतामा आतंकित नपार्न समेत सेयर ब्रोकरहरुलाई सुझव दिएको छ ।
संघका महासचिवद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सयर दलालहरुले नै मूल्य अभिवृद्धि कर सम्बन्धी लगानीकर्ताहरुको मानसिकतामा आतंकित पार्ने, संचार माध्यममा गलत प्रचार प्रसार गर्ने गराउने गरेकाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । आगामी दिनमा सयर दलालहरुलाई यसो नगर्न नगराउनुहुन सुझाज दिईन्छ ।’