Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आस्वा शूल्कमा कन्फ्युजन

२०७४ असार १८ गते

गत माघ १ गतेदेखि ऐच्छिक रुपमा सुरु भएको आस्वा सेवा साउन १ गतेदेखि अनिवार्य हुँदैछ । जसअनुसार, आईपिओ अर्थात एफपिओ खरिद गर्दा अनिवार्य रुपमा बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सेवा प्रयोग गर्नुपर्ने हुन्छ ।

हाल विभिन्न बैंकहरुले फरकम फरकम शूल्क लिएर आस्वा सेवा प्रदान गरिरहेका छन् । आस्वा सेवाप्रति ग्राहकलाई आकर्षिक गर्न बैंकहरुबीच यतिसम्म प्रतिष्पर्धा बढिरहेको छ भने दुई सय रुपैयाँबाट सुरु भएको आस्वा सेवा चार महिना नबित्दै कतिपय बैंकमा निःशूल्क भइसकेको छ ।

बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था छ । यद्यपि, पछिल्लो समय थुप्रै बैंकहरुले यो सेवा निशूल्क दिने घोषणा गरेका छन् भने कुनै बैंकले एक रुपैयाँ तथा कुनैले २० रुपैयाँमात्र शूल्क लिएर आस्वा सेवा दिने घोषणा गरेका छन् ।

हालै प्रभु बैंकले एक रुपैयाँमा आस्वा सेवा दिने घोषणा गरेको थियो । कुमारी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, सानिमा बैंक, कृषि विकास बैंक, माछापूछ्रे बैंक, एनएमबि बैंक, ओम डेभलपमेन्ट बैंक लगायतले निशूल्क आस्वाको घोषणा गरेका छन् । सिटिजन्स बैंकले भने २० रुपैयाँमा यो सेवा दिने बताएको छ । अन्य बैंकहरु पनि आस्वा सेवा दिने सम्बन्धमा प्रतिष्पर्धामा उत्रिएका छन् ।

Ad