आइतबारदेखि चार वटा बैंकबाट सेयर राफसाफको काम हुने भएको छ । हालसम्म धितोपत्र कारोबारको रकमको राफसाफ ग्लोबल बैङ्क लिमिटेडमार्फत मात्र हुँदै आएकोमा आइतवारदेखि थप तीनओटा बैङ्कले पनि राफसाफ (क्लियरिङ) बैङ्कको रूपमा काम थालेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडबाट पनि आइतबारदेखि धितोपत्र कारोबार रकमको राफसाफ हुने भएको हो ।
यी तीन बैंकमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लीड बैङ्कका रूपमा नेपाल इन्भेष्टमेण्ट बैङ्कलाई छनोट गरेको छ । तोकिएको मापदण्डका आधारमा नेपाल इन्भेष्टमेण्ट बैङ्क प्रथम श्रेणीमा परेकाले यसलाई नै लीड बैङ्कका रूपमा छानिएकोे कम्पनीले जनाएको छ ।