Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार वित्तीय संस्थालाई गाभेर कुमारी बैंकले सुरु गर्यो एकीकृत कारोबार

२०७४ असार १८ गते

कुमारी बैंक लिमिटेडले चार वित्तीय संस्थालाई एकैपटक गाभेर एकिकृत कारोबार शुरु गरेको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो ।

गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट एक्विजिसनका लागि अन्तिम स्वीकृति पाएको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति पाएको थियो ।

चार वटा वित्तीय संस्थालाई एक्वायर गरेपछि कुमारीको चुक्तापुँजी छ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । बैंकले एकीकृत कारोबारपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत अर्थात एक अर्ब १९ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यसपछि बैंकको चुक्ता पुँजी सात अर्ब चार करोड रुपैयाँ नाघ्ने बैंकको दाबी छ । प्राप्ति पछि बैंकको कुल निक्षेप ५२.३० अर्ब, कर्जा ४४.९५ अर्ब, शाखा ७४, एटीएम ५७ तथा एक्स्टेन्सन काउन्टर २ पुगेको छ ।

Ad