आइतबारदेखि तीन नयाँ क्लियरिङ बैंक संचालनमा आउने भएका छन् । नेपाल स्टक एक्सचेन्जबाट क्लियरिङ बैंकको काम गर्ने अनुमति पाएका नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंक आइतबारदेखि सञ्चालनमा आउन लागेका हुन् । यीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको रुपमा छनोट गरिएको जनाईएको छ । यससँगै अब नेपालमा क्लियरिङ बैंकको संख्या चार पुगेको छ ।