Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कमिसनमा भ्याट लाग्ने भएपछि विरोधमा उत्रिए सेयर ब्रोकर

२०७४ असार १५ गते

सेयर ब्रोकरहरुले विहीबारको सेयर कारोबार बन्द गराएका छन् । ब्रोकरको कमिसनमा पनि मूल्य अभिबृद्धि कर (भ्याट) लगाउन सरकारले पत्र काटेपछि त्यसको बिरोधमा ब्रोकरहरुले सेयर कारोबार बन्द गराएका हुन् । महालेखा परीक्षकको कार्यालयले ब्रोकरको कमिसनमा पनि भ्याट लगाउनुपर्ने भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि आन्तरिक राजस्व कार्यालयले आर्थिक बर्ष २०६९।७० देखि अहिलेसम्मको भ्याटको रकम बुझाउन ब्रोकरलाई पत्र लेखेको छ । 

कार्यालयले ब्रोकर नम्बर ५३ इन्भेष्टमेन्ट म्यानेजमेन्ट र ५२ नम्बर ब्रोकर सुन्धारा सेक्युरिटीजलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र लेखेको छ भने बाँकी ब्रोकरलाई फूल अडिटका लागि पत्र लेखेको छ । कार्यालयले सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ । भ्याट दायित्व अनुसार ५२ नम्बर ब्रोकरलाई ६० लाख र ५३ नम्बर ब्रोकरलाई डेढ करोड रुपैयाँ भ्याट बुझाउन निर्देशन दिइएको छ ।
 
हाल नेपालमा ५० वटा सेयर ब्रोकर कम्पनीहरु सञ्चालनमा छन् । 

Ad