Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सकै भर

२०७४ असार ५ गते

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३२ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको कृषि विकासका लागि अन्तरराष्ट्रिय कोष(आइफ्याड)ले हालै सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदनले रेमिट्यान्समा नेपालको निर्भरता उच्च रहेको देखाएको हो । अध्ययनका अनुसार रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सुचीमा नेपाल विश्वमै पहिलो स्थानमा परेको छ । दोस्रो, तेस्रो चौथो र पाचौँ स्थानमा क्रमशः लाइबेरिया (३१ प्रतिशत), ताजकिस्तान (२९ प्रतिशत), किर्गिस्तान (२६ प्रतिशत) र हाइटी (२५ प्रतिशत) रहेका छन् ।

अध्ययनले दक्षिण एसिया सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने क्षेत्र रहेको देखाएको छ । २०१६ मा भारतमा सबैभन्दा धेरै ६२ अर्ब ७० करोड डलर रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, चीनमा ६१ अर्ब डलर रेमिट्यान्स भित्रिएको छ । तेस्रो स्थानमा रहेको फिलिपिन्सले सन् २०१६ मा २९ अर्ब ९० करोड डलर रेमिट्यान्स भित्र्याएको छ भने मेक्सिकोले २८ अर्ब ५० करोड डलर भित्र्याएको छ । त्यस्तै, विश्वभर धेरै रेमिट्यान्स भित्र्याउने सूचिको पाचौँ स्थानमा रहेको पाकिस्तानले १९ अर्ब ८० करोड डलर रेमिट्यान्स भित्र्याएको छ । 

Ad