Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन कम्पनीको ६९ लाखभन्दा बढी कित्ता सेयर आउँदै, धितोपत्र बोर्डले दियो स्वीकृति

२०७४ असार २ गते

नेपाल धितोपत्र बोर्डले तीन कम्पनीको हकप्रद सेयर स्वीकृत गरेको छ । बोर्डले जेठ ३० गते सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको तथा असार १ गते रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर स्वीकृत गरेको जानकारी दिएको छ । 

सप्तकोसी डेभलपमेन्ट बैंकले एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसअनुसार, बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । हाल सप्तकोसीको चुक्तापुँजी २१ करोड १० लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ । 

यता, रिलायबल माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । हाल रिलायबलको चुक्तापुँजी पाँच करोड ६५ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी आठ करोड ४७ लाख पाँच सय रुपैयाँ पुग्नेछ । 

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सेयर पनि धितोपत्र बोर्डमा स्वीकृत भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड रुपैयाँ बराबरको ३९ लाख कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल लुम्बिनीको चुक्तापुँजी ३९ करोड एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । 

Ad