Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जहाज खरिदका लागि २४ अर्वको सम्झौता, नागरिक लगानी कोष र सञ्चय कोषको लगानी

२०७४ जेष्ठ ३० गते

नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच २४ अर्वको ऋण सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नागरिक कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर  गरे । जहाजमा नागरिक लगानी कोष र सञ्चयकोषको लगानी रहनेछ । सम्झौतानुसार नागरिक लगानी कोषले एउटा जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो । 

निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्ष राखिएको छ । 

उडान क्षेत्रको व्यावसायिक योजनामा लगानी कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरिएको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा गरिएको छ । कोषले उपलब्ध गराएको रकमबाट निगमले एयर बस कम्पनीको वाइड बडी(ए ३३०–२००) सिरिजको जहाज खरिद गर्नेछ । लगानी कोष र निगमबीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो । लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी छ भन्दै आगामी दिनमा थप लगानीको अवसर खोजिने स्पष्ट पारे । 

Ad