२०१७ मा तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुकहरुको सूचिमा नेपाल तेस्रो स्थानमा पर्ने प्रक्षेपण गरिएको छ । बिश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोसपेक्ट्स’ रिर्पोटले यस्तो प्रक्षेपण गरेको हो । बिश्व बैंकले नेपालले सन् २०१७ मा ७.५ प्रतिशत आर्थिक बृद्धि गर्ने प्रक्षेपण गरेको छ ।
नेपालका दुई छिमेकी मुलुकहरु भारत र चीन भने क्रमशः चौथो र १६औँ स्थानमा पर्ने प्रक्षेपण गरिएको छ । यी दुई मुलुकको आर्थिक वृद्धि क्रमशः ७.२ प्रतिशत र ६.५ प्रतिशत रहने अनुमान गरिएको हो ।
यो सूचिको पहिलो स्थानमा भने इथोपिया रहेको छ । यो मुलुकको २०१७ मा ८.३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने रिपोर्टले देखाएको छ । त्यस्तै, दोस्रो स्थानमा उजबेकिस्तान रहेको छ, जसकाृ आर्थिक वृद्धि ७.६ प्रतिशत रहने अनुमान छ ।
बिश्वको जीडीपी बृद्धिदर भने २.७ प्रतिशत मात्र हुने विश्व बैंकको अनुमान छ । बिश्व ब्यापार ४ प्रतिशतले बढ्ने अनुमान छ । सन् २०१६ मा बिश्व ब्यापार २।४ प्रतिशत थियो ।